मंगलबार, माघ २९, २०८१

अर्थमन्त्री विष्ट र उर्जामन्त्री सिंहले दिए राजीनामा

  
कर्णाली टाइम्स आइतवार, भदौ १२, २०७९


सुर्खेत। कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन्। नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार मुख्यमन्त्री जीवनबहादुर शाहीलाई राजीनामा बुझाएका हुन्।
पार्टीले उनीहरुलाई फिर्ता बोलाएपछि मन्त्री पदबाट राजीनामा दिएका हुन्। मुख्मन्त्री शाहीले दुवै जनाको राजीनामा स्वीकृत गरिसकेका छन्।
उनीहरुको ठाउँमा सोमबार कृष्णा शाह र रातो कामीलाई मन्त्री बनाईदैछ। आफ्ना सबै सांसदहरुलाई मन्त्री बन्ने पालो पु¥याउन दुई जना मन्त्रीलाई माओवादीले फिर्ता बोलाएको हो।
यी दुई जना मन्त्रीलाई नेकपा माओवादी केन्द्रले गएको शुक्रबार फिर्ता हुन भनेको थियो। अब उनीहरुको ठाउँमा जाजरकोटकी सांसद कृष्णा शाहलाई उर्जा र रुकुम पश्चिमका सांसद रातो कामीलाई अर्थमा सिफारिस गर्ने माओवादी केन्द्रले जनाएको छ।
मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार सोमबार नै उनीहरुलाई शपथग्रहण गराईनेछ।