बुधबार, माघ ३०, २०८१

वीरेन्द्रनगरमा तीजको नाच हेर्न गएका युवकको हत्या

  
कर्णाली टाइम्स बुधबार, भदौ १५, २०७९


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा तीजको नाच हेर्न गएका एक युवकको हत्या भएको छ। नाच हेर्न गएका युवाबीच झडप हुँदा वीरेन्द्रनगर–१० पठानटोलका २१ बर्षीय रोशन जिसीको हत्या भएको हो।
मंगलबार बेलुका सात बजेतिर भएको उक्त घटनामा घाईते भएका जिसीलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्नको खोजी भईरहेको उनले बताए। अस्पताल पु¥याउने व्यक्तिहरुलाई घटनाको बारेमा सोधपुछ गर्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।