सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। बिहिबारको क्षेत्रीय कार्यसमितिको वैठकले खड्कालाई प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस गरेको हो।
क्षेत्र नम्बर १ बाट समानुपातिकमा नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर १ को प्रदेश सभातर्फ (क) बाट प्रत्यक्षमा खड्कबहादुर पोखरेल, केशर वली, चित्रबहादुर रेग्मी र टेकबहादुर सिंहको नाम सिफारिस गरिएको छ।
समानुपातिकतर्फ अनन्तप्रसाद उपाध्याय पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पंगाली र सुशिला कार्कीको नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर १ प्रदेश (ख) मा प्रत्यक्षतर्फ अमृता शाही, भुपेन्द्र चन्द, भुपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढा मगर, हरिप्रसाद शर्मा र लक्ष्मीदत्त पौडेलको नाम पनि सिफारिस गरिएको छ।
समानुपातिकमा खगीसरा आचार्य, झकबहादुर डाँगी, रेणु आचार्य, लिलमति विक, प्रेमबहादुर विक, टोपबहादुर टङ्लामी मगरको नाम सिफारिस गरिएको छ।
कर्णाली टाइम्स
बिहीबार, भदौ १६, २०७९