बुधबार, माघ ३०, २०८१

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट एकल उम्मेदवार

  
कर्णाली टाइम्स बिहीबार, भदौ १६, २०७९


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट सर्वसम्मत रुपमा प्रदेश र प्रतिििनध सभाको एकल उम्मेदवार सिफारिस भएका छन्। उनी उटा मात्र प्रतिनिधि सभा क्षेत्र रहेको हुम्लाबाट प्रतिनिधि सभामा र प्रदेश सभा क्षेत्र (ख) को उम्मेदवारमा उकल रुपमा उम्मेदवार सिफारिस भएका हुन्।
बिहीबार काँग्रेसको प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) र प्रतिनिधि सभा कार्यसमितिले उनलाई सर्वसम्मत सिफारिस गरेको हो।
प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ मुख्यमन्त्री शाहीको एकल रुपमा नाम सिफारिस गरिएको प्रदेश ‘ख’का सभापति तक्दीर लामाले जनाए।
प्रदेश (क) ले भने प्रदेश सभाको प्रत्यक्षतर्फ मानदेव शाही, अर्जुन महतारा र मंगलबहादुर शाहीको नाम सिफारिस गरेको छ। उक्त क्षेत्रमा समानुपातिकतर्फ राम टमट्टा, सविता ऐडी, मैना बुढा र मिमबहादुर शाहीको नाम सिफारिस गरिएको छ।
प्रदेश ‘ख’ले प्रदेशको समानुपातिकनतर्फ भने पदमबहादुर लामा, विजया बुढा र रिता लामाको नाम सिफारिस गरेको नेपाली काँग्रेस हुम्लाले जनाएको छ।