कर्णाली टाइम्स
आइतवार, भदौ १९, २०७९
सुर्खेत। जाजरकोटकी एक महिला कैद सजाय फैसला भएको ८ बर्षपछि पक्राउ परेकी छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार एक बर्ष ३ महिना कैद सजाय भएकी जाजरकोटको नलगाड नगरपालिका–३ की ओमकुमारी थापा शनिबार पक्राउ परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटअन्तर्गत ईलाका प्रहरी कार्यालय दल्लीको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो।
लागु औषध मुद्दामा साविक डाँडागाउँ गाविस–७ की ६७ बर्षीया थापालाई २०७१ कात्तिक २५ गते बाँके जिल्ला अदालतले एक बर्ष ३ महिना कैद सजाय सुनाएको थियो। त्यसपछि फरार भएकी उनी फरार सूचीमा थिईन्।
उनलाई गोप्य सूचनाका आधारमा आफ्नो घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी थापालाई प्रहरीले जिल्ला अदालत जाजरकोटको कारागारमा पठाएको छ।