शनिबार, पुस ५, २०८२

आजबाट निर्वाचन आचारसंहिता लागु

  
कर्णाली टाइम्स बुधबार, असोज १२, २०७९


सुर्खेत। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजबाट निर्वाचन आचारसंहिता लागू भएको छ।
मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको हो। निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ।
आयोगले सबै राजनीतिक दलहरुलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, निर्वाचन आचार संहिता, २०७९ र निर्वाचन सम्बन्धी अन्य कानुनमा भएका व्यवस्था समेतलाई एकीकृत गरी ६० बुँदे निर्देशन जारी गरेको छ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
निर्वाचन आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने उल्लेख गर्दै आयोगले उनीहरुमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने बताएको हो।