शुक्रबार, पुस ४, २०८२

काँग्रेस उपसभापति खड्काले वारेसनामामार्फत् दिए उम्मेदवारी

  
कर्णाली टाइम्स आइतवार, असोज २३, २०७९


सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वारेसनामामार्फत् उम्मेदवारी दिएका छन्। मेहलकुनामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दिएका हुन्।
सुर्खेत–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका खड्कको प्रस्तावकमा उमेशकुमार पौडेल र समर्थकमा पदम खत्री रहेका छन्।
गठबन्धनको भागबण्डा अनुसार सुर्खेत १ को प्रदेशतर्फ (क) मा काँग्रेसका खड्क पोखरेल र (ख) मा माओवादीका जीतेन्द्र जिसीले उम्मेदवारी दिएका छन्।
एमालेबाट प्रतिनिधि सभातर्फ ध्रुबकुमार शाहीले उम्मेदवारी दिएका छन् भने प्रदेशतर्फ (क) मा ठम्मर विष्ट र (ख) मा डण्डीप्रसाद शर्माले उम्मेदवारी दिएका छन्।
२०७४ को निर्वाचनमा पनि शाही र खड्का चुनावी मैदानमा उत्रिएका थिए। त्यसबेला एमाले र माओवादीबीच चुनावी तालमेल भएपनि खड्का आफ्नो निर्वाचन क्षेत्रबाट पहिलोपटक शाहीसँग पराजित भएका थिए।
अहिले काँग्रेससहित तीन दलको गठबन्धनका बीच उम्मेदवार बनेका खड्काका अघिल्ला प्रतिस्पर्धी शाही एक्ला उम्मेदवार बनेका छन्।