शनिबार, पुस ५, २०८२

बाढीपहिरोबाट कर्णालीमा ३६ जनाको मृत्यु, २० जना बेपत्ता

  
कर्णाली टाइम्स शुक्रबार, असोज २८, २०७९


सुर्खेत। मंगलबारसम्म भएको निरन्तर बर्षाका कारण आएको बाढी, पहिरो तथा अन्य विपदबाट कर्णालीमा ३६ जनाको मृत्यु भएको छ। प्रदेशभर २० जना अझैं बेपत्ता छन् भने २८ जना घाईते भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दैलेखमा १, जाजरकोटमा ३, सल्यानमा ३, जुम्लामा १०, कालीकोटमा ६, मुुमा ८, हुम्लामा ४ र डोल्पामा १ जना छन्।
यस्तै दैलेखमा १, जुम्लामा १, कालीकोटमा १७ र डोल्पामा १ जना बेपत्ता छन्।
जाजरकोटमा १, कुमपश्चिममा १, जुम्लामा ५, कालीकोटमा १०, मुगुमा ५ हुम्लामा ६ जना गरी २८ जना निरन्तको बर्षाका कारण आएको विपदमा परि घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेशभर ७७६ वटा घर पूर्ण रुपमा क्षती भएको छ। सुर्खेतका ९, दैलेखका ४४, जाजरकोटका ६, सल्यानका ६४, रुकुम पश्चिमका ३, जुम्लाका ३१६, कालीकोटका १६५, मुगुका १४८, हुम्लाका १७, डोल्पाका ४ वटा घरहरुमा पहिरोले पूर्ण रुपमा क्षती पु¥याएको छ।
प्रहरीका अनुसा जुम्लाका ४४० वटा घर पहिरोको उच्च जोखिममा रहेका छन्।
१ हजार १६३ वटा घरमा आंशिक क्षती पुगेको छ भने प्रदेशका विभिन्न जिल्लामा गरि ९९९ घरधुरीका ७ हजार ७६८ मानिस विस्थापित भएका छन्। बाढी तथा पहिरोमा परि प्रदेशभर १५१ पशुचौपायाको मृत्यु भएको छ।
विपदका कारण समस्या परेका क्षेत्रमा २ हजार २२० जना प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।