शुक्रबार, पुस ४, २०८२

दशौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने

  
कर्णाली टाइम्स बिहीबार, कार्तिक ३, २०७९
सुर्खेतमा निर्माणाधीन रंगशाला। दशौं राष्ट्रिय खेलकुद अघि नै सम्पन्न गर्नेगरी रंगशाला निर्माणको काम भईरहेको छ।

सुर्खेत। कर्णालीमा पहिलो पटक बृहत राष्ट्रिय खेलकुद आयोजना हुने भएको छ। दुई वर्षपछि हुने दशौं संस्करणको राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुने भएको हो।
बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुदको बोर्ड बैठकले २०८१ सालमा कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो। १० औं राष्ट्रिय खेलकुद कुन महिनामा गर्ने भन्नेबारे भने टुंगिएको छैन।
बैठकमा एघारौं राष्ट्रिय खेलकुद गर्नका लागि मधेश प्रदेश, सुदूरपश्चिम, बागमती प्रदेशले दावी गरेको छन्।
आज पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापन हुँदैछ। समापनका क्रममा कर्णाली प्रदेशलाई दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गर्ने कार्यक्रम छ।