कर्णाली टाइम्स
सोमवार, कार्तिक ७, २०७९

सुर्खेत। आफ्नो क्षेत्रमा चुनावी अभियानमा रहेका नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर मतदातासँग मत मागिरहेका छन्। सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका खड्का असोज ३१ गतेदेखि आफ्नो निर्वाचन क्षेत्रमा छन्।
खड्काले आफ्नो क्षेत्रका मतदातासँग निर्वाचन जितेर गएपछि अधुरा रहेका कामलाई पूर्णता दिने प्रतिबद्धता जाहेर गर्दै आएका छन्।
यस्तै अहिलेको गठबन्धनको मर्म संविधानको रक्षाका लागि भएकाले आगामी दिनमा पनि संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन मतदाताहरुसँग उनले आग्रह गरेका छन्।
पूर्वी क्षेत्रमा घरदैलो पुग्ने क्रममा खड्काले मत मागिसकेपछि मतदातासँग संयुक्त रुपमा तस्विर खिचाउने गरेका छन्।
तस्विरहरु:

