
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले कर्णालीको लोकसंस्कृति र कलालाई संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । वीरेन्द्रनगर–७, इत्रामस्थित निजी निवासमा भैली खेल्ने आएको कलाकारको समूहसँग सांस्कृतिक सहभागिता जनाउँदै उनले यस्तो बताएका हुन् ।
आगामी मंसिर ४ को निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिभा उम्मेदवार रहेका खड्काले कला संस्कृतिको संरक्षणले देश र समाजको विकास तथा समृद्धिमा टेवा पुग्ने बताए ।

खड्का निवासमा कर्णाली कला संस्कृति संरक्षण मञ्चका कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए । उनीहरुले पूर्वी सुर्खेतमा प्रचलित टप्पा, झ्याउरे लगायत गीतमा प्रस्तुती गरेका थिए।
मञ्चका अध्यक्ष विजयराज सेजुवालले खड्काजस्तो राष्ट्रिय नेताले कला संस्कृतिको संरक्षणमा देखाएको चासोले आफूहरु उत्साही भएको बताए ।
भैली खेल्न आएका कलाकारसँग नृत्यमा साथ दिँदै नेता पूर्णबहादुर खड्का (भिडियो)
