
सुर्खेत। आजदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशबाट १८ जना खेलाडीले भाग लिने भएका छन्। कर्णाली प्रदेश क्रिकेट संघले छनोट प्रतियोगिताबाट छनोट भएका १८ जना खेलाडीको नाम नेपाल क्रिकेट एसोसियन (क्यान) लाई कात्तिक ७ गते पठाएको थियो।
कर्णालीबाट रविन्द्रजंग शाहीको नेतृत्वमा प्रकाश जैसी, दिपेन्द्र रावत, हिमांशु शाही, अनुजकुमार चनारा, आवाश शाह, दिनेश अधिकारी, बिपिन रावल, सुबोध ऐर, अर्जुन घर्ती, दिवन पुन, बिपिन शाही, निश्चल रावल, मोहन विक प्रधानमन्त्री कप २०७९ मा सहभागी हुने भएका छन्।
यस्तै खेलाडीहरु सन्दीप शाही, चन्द्र बिसी, अनिल केसी र ललित प्याकुरेल पनि टिममा समूहमा छन्।
प्रधानमन्त्री कपमा सहभागी हुने खेलाडीको समूहको व्यवस्थापकमा रोशन शाही र प्रशिक्षकमा वीरेन्द्र शाहीलाई समावेश गरिएको क्रिकेट संघ कर्णाली प्रदेशले जनाएको छ।