कर्णाली टाइम्स
बुधबार, मंसिर ७, २०७९

सुर्खेत। सुर्खेत-२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी निर्वाचित भएका छन्। उनी ३४ हजार ६२५ मतसहित निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत पाएका छन्।
थानीले ५ हजार ६७ मतको अग्रताले जित हासिल गरेका हुन्।