सोमवार, जेष्ठ ६, २०८२

सुर्खेत-१ मा कांग्रेस उपसभापति खड्का विजयी

  
कर्णाली टाइम्स शुक्रबार, मंसिर ९, २०७९

सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट विजयी भएका छन्।  खड्काले नेकपा एमालेका ध्रवुकुमार शाहीलाई ११ हजार ६ सय १९ मतले हराएका हुन्।

विजयी खड्काले ४२ हजार ६ सय ७ मत प्राप्त गरेका छन् भने पराजित भएका शाहीले २० हजार ९ सय ८८ मत ल्याएका छन्।

२०४८, २०५१ र २०५६ को निर्वाचनमा जित हात पारेका खड्का २०६४ सालमा समानुपातिकबाट सांसद बनेका थिए। त्यस्तै २०७० सालको निर्वाचन जितेका थिए भने २०७४ मा पराजित भएका थिए।