कर्णाली टाइम्स
आइतवार, मंसिर १८, २०७९
सुर्खेत। कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान) सुर्खेत शाखाको अध्यक्षमा लोकेन्द्रबहादुर गिरी चयन भएका छन्। शनिबार सम्पन्न १० औं बार्षिक साधारण सभाबाट गिरी अध्यक्षमा चयन भएका हुन्।
अधिवेशनबाट उपाध्यक्षमा धर्मराज भण्डारी, सचिवमा उपेन्द्र मल्ल, कोषाध्यक्षमा लक्ष्मी बिक, सहसचिवमा मानबहादुर खड्का चयन भएका छन्। कार्यसमिति सदस्यहरुमा जीवनकेशर खनाल, मेलिना मल्ल, दिब्यश्वर बराल चयन भएका छन्।
नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले केन्द्रीय प्रतिनिधिमा संस्थापक अध्यक्ष रामकिशोर रावल र पूर्वअध्यक्ष प्रेम प्रकाश चन्दलाई सिफारिस गरेको छ।