कर्णाली टाइम्स
बिहीबार, फागुन ११, २०७९
सुर्खेत। कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवान मृत भेटिएका छन्। दार्चुला घर भएका प्रहरी जवान कविन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कर्याालय सुर्खेतले जनाएको छ।
कार्यालयका अनुसार बिहिबार बिहान २ बजेर ५६ मिनेटमा उनको शव भेटिएको होे। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक झरना सुनारले मृत भेटिएका प्रहरी जवान विकको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको जानकारी दिईन्।
उनले आफैंलाई गोली हानेर आत्महत्या गरिएको आशंका गरिएको छ। विक पछिल्लो समय कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत थिए।