मंगलबार, असार १७, २०८२

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषदलाई पूर्णता दिईन्छ: खड्का

  
कर्णाली टाइम्स बुधबार, फागुन १७, २०७९


सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको प्रक्रिया सुरु गरिने बताएका छन्।गृहजिल्ला सुर्खेत पुगेका खड्काले बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर सरकार निर्माणको चरण प्रारम्भ गरिने बताए।
‘सरकार निर्माणको चरण प्रारम्भ भएको छैन,’ खड्काले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिन्छ र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकार निर्माण चरण प्रारम्भ हुन्छ।’
प्रधानमन्त्रीले विश्वासको मत लिएपछिका दुई/तीन दिनभित्र सरकार निर्माणको चरण पूरा हुने खड्काको भनाइ थियो। अहिले सरकारमा जानेबारे र को-को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला भइनसकेको खड्काको भनाइ थियो।
गत पुस १० मा कमजोरी हुँदा नेकपा एमालेसहित ७ दलबीच नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकोले भत्काइएको खड्काको भनाइ छ। उपसभापति खड्काले आफू अब मन्त्री नबन्ने पनि दोहोर्‍याएका छन्।