कर्णाली टाइम्स
बिहीबार, चैत्र ९, २०७९
सुर्खेत। कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
शाही यसअघि राष्ट्रिय योजना आयोगको सदस्य थिए। उनी कर्णाली प्रदेश योजना आयोगको तेस्रो उपाध्यक्ष हुन्।
उनले जबाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकासमा एमफील गरेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख प्रशासनिक सल्लाहकार विज्ञका रुपमा रुकुम पश्चिमका भरतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद बैठकबाट गरिएको छ। वरिष्ठ आर्थिक सल्लाहकारमा भने शालिकराम पोख्रेललाई नियुक्त गर्ने निर्णय गरिएको छ।