शनिबार, कार्तिक ८, २०८२

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

  
कर्णाली टाइम्स शुक्रबार, साउन ५, २०८०


सुर्खेत। दैलेखमा सिचाइँ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। चामुण्डाविन्द्रासैनी नगरपालिका–३ का पानीखोलास्थित सिचाइँ गर्न बनाईएको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
मृत्यु हुनेमा स्थानी ५ बर्षीया सपना खप्तडी र ८ बर्षीया विपना खत्री रहेको प्रहरीले जनाएको छ। बिहिबार बेलुका घरदेखि ५० मिटर टाढा रहेको पोखरीमा खेल्न गएका उनीहरुको डुबेर मृत्यु भएको हो।
बालिकाहरु डुबेको थाह पाएपछि अभिभावकले घरमा ल्याएर राखेका थिए। प्रहरीले बेलुका ६ बजेमात्र खबर पाएको थियो।
बालिकाहरुको पोष्टमार्टम गरी आफन्तले शव बुझिसकेको प्रहरीले जनाएको छ।