
सुर्खेत। डा. महेन्द्रकुमार मल्लको मौलिक तीज गीत ‘राधा’ सार्वजनिक गरिएको छ। मंगलबार सुर्खेत बहुमुखी क्याम्पसको नेपाली भाषा शिक्षा विभागको आयोजनामा गीत सार्वजनिक गरिउको हो। बहुमुखी क्याम्पसका प्रमुख माधव खनालको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो।
मल्लले विशेषगरि युवतीको युवासुलभ भावनामा आधारित रहेर लेखेको उक्त गीत गायिका अनु चौधरीको आवाजमा छ।
भाषा तथा साहित्यमा विद्यावारिधी गरेका डा. मल्लले युवती हुर्किंदै गर्दाको जीवनमा आएको परिवर्तनको विषय, विहे पश्चात माईतीको सम्झना लगायतका भावना सम्बोधन गरेर गीत लेखेका छन्।
‘राधा’ तीज गीत सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा छायांकन गरिएको हो। गीतमा शिव संगीतले संगीत दिएका छन् भने भिडिओमा दीपा शाहीको अभिनय रहेको छ। कुलमान नेपालीको निर्देशनमा बनेको गीतको सम्पादन मनोज कार्कीले गरेका हुन्।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने डा. मल्लले यसअघि पनि केही गीतहरु बनाएका छन्। उनले लेखेका थुप्रै गीतहरु चर्चित कलाकारहरुले गाएका छन्। पछिल्लो तीज गीत ‘राधा’ लेखक मल्लकै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ।
हेर्नुहोस भिडियो:
