आइतवार, असोज १९, २०८२

पत्रकार महासंघ सुर्खेतलाई पत्रकारिता पुरस्कार स्थापनार्थ सहयोग

  
कर्णाली टाइम्स सोमवार, पुस २, २०८०


सुर्खेत। नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई पत्रकारिता पुरस्कार स्थापना गर्न आर्थिक सहायता प्रदान गरिएको छ। काँक्रेबिहार मिडिया प्रालि र मोन्टाज प्रालिले महासंघको सुर्खेत शाखालाई एक लाख २५ हजार रुपैयाँ पुरस्कार स्थापनार्थ सहयोग गरेको हो।
यी दुइ संस्थाले २०७६ सालको तिहारमा भैली खेलेर संकलन गरेको एक लाख दुइ हजार रुपैयाँमा २३ हजार थप गरी महासंघको सुर्खेत शाखालाई पत्रकारिता पुरस्कार स्थापना गर्न सोमबार हस्तान्तरण गरेका हुन्।
उपलब्ध रकमबाट स्थापना गरिने पुरस्कारले यो क्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई थप हौसला प्रदान गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले बताए।
नेपा पत्रकार महासंघका सुर्खेत अध्यक्ष ललित बसेलले पुरस्कार स्थापनार्थ सहयोग रकममा केही थप गरी छिट्टै पत्रकारिता पुरस्कार स्थापना गरिने बताए। शाखाले स्थापना गरेको पुरस्कार निश्चित मापदण्ड बनाएर हरेक बर्ष क्रियाशिल पत्रकारहरुलाई प्रदान गरिने उनले बताए।