सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारिता जगतलाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित बनाउनुपर्ने बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले तत्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत राष्ट्र र जनताको सेवामा समर्पित हुने सञ्चारमाध्यम तथा पत्रकारहरुलाई सुझाव दिएका छन्।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष भएको उनले बताए। नेपालमा लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै उनले प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभएर नागरिकहरुको सूसुचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरेका छन्।
मुख्यमन्त्री कँडेलले संविधानले प्रेस तथा सूचना प्रविधि सम्बन्धि कतिपय अधिकार प्रदेश सरकारलाई प्रदान गरेको भएपनि त्यसअनुसार कानूनी व्यवस्था हुन नसकेको बताएका छन्।
पत्रकारिता क्षेत्रलाई स्वनियमनतर्फ प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए। पत्रकारिताको प्रवद्र्धनका लागि आगामी दिनमा प्रदेश सरकारको ध्यान जाने विश्वास उनले व्यक्त गरेका छन्।
त्यसतर्फ ध्यान जाने यस अवसरमा म विश्वास दिलाउन चाहान्छु । ‘जिम्मेवार र मर्यादित पत्रकारिताले मात्र समाजलाई सही गन्तव्य हिडाउन सहयोग पु¥याउँछ, पत्रकार आचारसंहिता र पत्रकारिताका स्थापित मान्यताहरुलाई अनुशरण गर्दै आफूप्रतिको सामाजिक विश्वास अभिबृद्धि गर्न जरुरी छ,’ मुख्यमन्त्री कँडेलले आफ्नो शुभकामना सन्देशमा भनेका छन्।
कर्णाली टाइम्स
शुक्रबार, बैशाख २१, २०८१