मंगलबार, मंसिर ११, २०८१

सुर्खेतमा पहिलोपटक ‘कर्णाली हाफ म्याराथन’ हुँदै

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख २८, २०८१


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा प्रथम ‘कर्णाली हाफ म्याराथन’ प्रतियोगिता हुने भएको छ। शनिबार हुने म्याराथनको तयार पूरा भएको आयोजक रेस नेपालले जनाएको छ।
सुर्खेतमा पहिलोपटक हाफ म्याराथन हुने भएकाले स्थापित धावकलाई प्रोत्साहन गरिएको रेस नेपालका अध्यक्ष टीएस ठकुरीले बताए। कर्णाली हाफ म्याराथनमा सहभागी हुन राष्ट्रिय रुपमा स्थापित धावकहरुले नाम दर्ता गराएको उनले जानकारी दिए।
नेपालगञ्ज म्याराथन हुन थालेको एक दशक पुगेको अवसरमा रेस नेपालले सुर्खेतमा हाफ म्याराथन गर्न थालेको हो। दौड संस्कृतिको विकास गर्न यस वर्षदेखि कर्णाली हाफ म्याराथन सुरु गरिएको ठकुरीले जानकारी दिए। म्याराथनको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले गरेको छ।
पहिलोपटक हुन लागेको कर्णाली हाफ म्याराथनमार्फत क्रमिक रुपमा दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवद्र्धन गराउनेतर्फ जोड दिईनेछ। कर्णालीमा यही बर्ष आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रवद्र्धन गर्नेगरि कर्णाली हाफ म्याराथन आयोजना गरिएको रेस नेपालले जनाएको छ।
कर्णाली हाफ म्याराथनमा केएल दुगड ग्रुपको ज्ञान खाद्यान्नले टाइटल स्पोन्सरका रुपमा सहकार्य गर्नेछ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय तह र निजी क्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको हो। प्रतियोगिताको संयोजन गर्ने जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीले पाएका छन्।