सुर्खेत। सुर्खेतमा भएको प्रथम ज्ञान कर्णाली हाफ म्यारथनअन्तर्गत विद्यालयस्तरीय दौडमा सुर्खेतका अजय विक र विमला कार्कीले उपाधि जितेका छन्।
पाँच किलोमिटर दौडको छात्रतर्फ अजय विक प्रथम भएका हुन्। छात्रतर्फ सुर्खेतकै रमेश बुढा दोस्रो, मुगुकमा नमराज बानियाँ तेस्रो भएका छन्।
यस्तै छात्रातर्फ सुर्खेतका बिमला कार्की प्रथम भएकी छन्। सुर्खेतकै पुर्णिमा बुढाक्षेत्री दोस्रो र कालिकोटकी लक्ष्मी शाही तेस्रो भईन्।
कर्णाली हाफ म्याराथनअन्तर्गतको विद्यालयस्तरीय दौडमा प्रथम हुनेलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रोलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।
पाँच किलोमिटर दौडमा सुर्खेतस्थितएसओएस हर्मन माइनर विद्यालयमा अध्ययनरत ८ बर्षीय बालक बालक प्रेम बस्नेतले समेत दौड पूरा गरेका थिए। उनलाई आयोजकका तर्फबाट प्रोत्साहनस्वरुप नगद दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
कर्णाली टाइम्स
शनिबार, बैशाख २९, २०८१