सोमवार, जेष्ठ २८, २०८१

विनोद शाह कृषि मन्त्रीमा नियुक्त

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ ९, २०८१


सुर्खेत। नेकपा एमालेका सांसद विनोदकुमार शाह कर्णाली प्रदेशको कृषि मन्त्रीमा नियुक्त भएका छन्। बुधबार उनलाई मुख्यमन्त्री यामलाल कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्। बुधबार नै उनले पद तथा गोपनीयताको शपथ लिएका छन्।
यसअघि सोही मन्त्रालयमा नियुक्त भएका शाहले आफूसँग समन्वय नगरी एकलौटी मन्त्रीहरु नियुक्त गरेको भन्दै शपथ नै बहिष्कार गरेका थिए।
गत वैशाख १८ गते कर्णाली प्रदेशको मन्त्रिपरिषदलाई पूर्णता दिँदा पनि मुख्यमन्त्रीले उनलाई सोही मन्त्रीमा नियुक्त गरेका थिए।
शपथ बहिष्कार गरेका शाहलाई मुख्यमन्त्री कँडेलले जेठ २ गते मन्त्रिपरिषदबाट हटाईदिएका थिए।