शनिबार, कार्तिक १०, २०८१

पौडी खेल्न गएका दुई जना भेरीमा बेपत्ता, खोजी गर्न गोताखोर परिचालन

  
कर्णाली टाइम्स आइतवार, असार ३, २०८१


सुर्खेत। भेरी नदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगर–२ चोक्टे नजिकबाट पौडी खेल्न नदीमा पसेका दुई जना बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–७ का १९ वर्षीय विनोद केसी र १७ वर्षीय भुवन केसी बेपत्ता भएका हुन्।
शनिबार दिउँसो पौने ४ बजेदेखि उनीहरु नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र बिर विश्वकर्माले जानकारी दिए।
उनीहरुको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली घटनास्थल पुगेको उनले जानकारी दिए।