शनिबार, कार्तिक १०, २०८१

तिला नदीमा डुबेर एक जनाको मृत्यु

  
कर्णाली टाइम्स बिहीबार, असार ७, २०८१


सुर्खेत। तिला नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। जुम्लाको तातोपानी गाउँपालिका–२ का १८ वर्षीय कबिराज डाँगी तिला नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।
बिहीबार दिउँसो नदीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
बिहिबार दिउँसो साथीसँग तातोपानी गाउँपालिका–२ मा रहेको जर्मिको तातोपानी धारा नजिक तिला नदिमा नुहाउन गएका डाँगी नदीमा डुबेका गिए।
करिब ४५ मिनेटको खोजी कार्यपछि उनी मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्ला, शसस्त्र प्रहरी बल तातोपानी, ईलाका प्रहरी कार्यालय तातोपानीका प्रहरी र स्थानीयहरूको तीव्र खोजी कार्यपछि डाँगी मृत अवस्थामा फेला परेका हुन् ।