शनिबार, कार्तिक १०, २०८१

पहिरोले कर्णाली राजमार्ग ६ ठाउँमा अवरुद्ध

  
कर्णाली टाइम्स शुक्रबार, असार १५, २०८१

सुर्खेत। सुर्खेत-जुम्ला जोड्ने कर्णाली राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ। गएराति भएको बर्षाले पहिरो जाँदा कालीकोट र दैलेखमा पर्ने सडक खण्ड ६ ठाउँमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेख र कालीकोटको सिमानामा पर्ने दहीखोला र कालेखोला बीचको सडक अवरुद्ध भएको हो। त्यसबाहेक दैलेख खण्डअन्तर्गत पादुका र साँगेतडाको बीचमा पाँच ठाउँमा सडक अवरुद्ध भएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल न्यौपानेले जानकारी दिए।
पादुका र साँगेतडाबीच अवरुद्ध भएको खण्डमा जनपद प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। राकमबाट जेसिबी मगाईएको उनले जानकारी दिए।
राजमार्ग खण्ड अवरुद्ध हुँदा यो मार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प छन्।
सडक कतिबेला खुल्ने भन्ने निश्चित भने छैन।