आइतवार, कार्तिक ११, २०८१

भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाईते

  
कर्णाली टाइम्स बुधबार, साउन २, २०८१


सुर्खेत। भूकम्प पीडित बसेको अस्थायी टहरामाथि पहिरो खस्दा जाजरकोटमा चार जना घाईते भएका छन्। कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथीबाट पहिरो खसेको हो।
मंगलबार राति ८ बजे उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
उक्त घटनामा चार जना घाईते भएका छन्। सोही ठाउँका २९ बर्षीया कमला थापा, ३५ बर्षीया दलसरी थापा, उनकी ४ बर्षीया छोरी हस्तिका र १७ बर्षीया छोरी निरमाया घाईते भएका हुन्।
कमला र हस्तिका गम्भीर घाईते भएको जाजरकोट प्रहरीले जनाएको छ। हस्तिकालाई पहिरोमा पुरिएर बेहोस अवस्थामा बाहिर निकालिएको थियो।
घाईतेहरुलाई हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लिन लागिएको प्रहरीले जनाएको छ।