कर्णाली टाइम्स
बुधबार, साउन २, २०८१
सुर्खेत। भूकम्प पीडित बसेको अस्थायी टहरामाथि पहिरो खस्दा जाजरकोटमा चार जना घाईते भएका छन्। कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथीबाट पहिरो खसेको हो।
मंगलबार राति ८ बजे उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
उक्त घटनामा चार जना घाईते भएका छन्। सोही ठाउँका २९ बर्षीया कमला थापा, ३५ बर्षीया दलसरी थापा, उनकी ४ बर्षीया छोरी हस्तिका र १७ बर्षीया छोरी निरमाया घाईते भएका हुन्।
कमला र हस्तिका गम्भीर घाईते भएको जाजरकोट प्रहरीले जनाएको छ। हस्तिकालाई पहिरोमा पुरिएर बेहोस अवस्थामा बाहिर निकालिएको थियो।
घाईतेहरुलाई हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लिन लागिएको प्रहरीले जनाएको छ।