आइतवार, कार्तिक ११, २०८१

कर्णाली प्रदेशका चार मन्त्रीले दिए राजीनामा

  
कर्णाली टाइम्स सोमवार, साउन ७, २०८१


सुर्खेत। नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिएका छन्। सोमबार उनीहरुले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन्।
माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री बिरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिं परियार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत थिए।
मन्त्रीहरुले राजीनामा दिएपनि सरकारबाट समर्थन भने माओवादीले लिईसकेको छैन। संसदीय दलभित्र छलफलपछि समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गरिने जनाईएको छ।