आइतवार, कार्तिक ११, २०८१

नेकपा माओवादीले फिर्ता लियो कर्णाली सरकारबाट समर्थन

  
कर्णाली टाइम्स सोमवार, साउन ७, २०८१

सुर्खेत। नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरमारलाई दिएको समर्थन फिर्ता लिएको छ।

माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारलाई समर्थन फिर्ता लिएको सोमबार जानकारी गराएका हुन् ।

माओवादीबाट सरकारमा सहभागी चार जना मन्त्रीहरूले पनि सोमबार नै राजीनामा दिइसकेका छन्।

अब कर्णाली प्रदेशमा पनि केन्द्रकै समीकरणअनुसार एमाल-माओवादी सरकार निरमाण हुनेछ।