सुर्खेत। यही फागुन २५ गतेबाट कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) हुन लागेको छ। फागुन २५ गते सुर्खेतको वीरेन्द्रनगर २६ गते दैलेखको गुराँस गाउँपालिकामा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८१ हुन लागेको हो।
पहिले दिन फागुन २५ गते उद्घाटन हुनेछ। सोह िदिन चलचित्र संवाद पनि गरिनेछ। फागुन २६ गते दोस्रो दिन दैलेखको गुराँस गाउँपालिकामा पर्यटन तथा जलवायू सम्बन्धी छलफल, अवार्ड समारोह गगरिनेछ।
कर्णालीमा भएका चलचित्र पर्यटनको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गराउन चलचित्र महोत्सवको आयोजना गरिएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए।
कर्णालीमा रहेका पर्यटकीय स्थल, धार्मिक स्थल, चलचित्रका छायाकंन स्थल, यस क्षेत्रका विविध कथा, कला, रीतिरिवाज, भेषभुषा, परम्परा र भाषा संस्कृतिलाई चलचित्र निर्माता, निर्देशक लगायतका सम्बन्धित व्यक्तिहरुमा प्रचार प्रसार गर्ने उद्देश्य महोत्सवको रहेको निर्देशक चन्दले बताए।
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले कर्णालीका कथा, भाषा, दृश्यहरुको प्रचारप्रसार गरी सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको महोत्सवका सल्लाहकार डा. महेन्द्र मल्लले बताए।