कर्णाली टाइम्स
आइतवार, बैशाख २८, २०८२
सुर्खेत। कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। वैशाख २१ गतेको मन्त्रिपरिषद बैठकले अधिवेशन सुचारु गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।
यसअघि २०८१ चैत १८ गते पाँचौं अधिवेशन अन्त्य भएको थियो।
यो अधिवेशनबाट आगामी आर्थिक बर्ष (२०८२र०८३) को नीति तथा कार्यक्रम, बजेट ल्याईनेछ।
आइतबार ३ बजे बजेट अधिवेशनको पहिलो बैठक बस्दैछ। उक्त वैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र संसदीय दलका नेताहरुले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ।