सोमवार, जेष्ठ ६, २०८२

कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालन

  
कर्णाली टाइम्स आइतवार, बैशाख २८, २०८२


सुर्खेत। कर्णाली प्रदेशमा बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा आएको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आइतबार खोजतलास केन्द्रको उद्घाटन गरेका छन्।

बालबालिकाको खोजतलासका लागि सहयोग पुग्ने उद्देश्यले आश्रयस्थलको रुपमा खोजतलास केन्द्र सञ्चालन गरिएको मन्त्री भण्डारीले बताए।

बालबालिकाको संरक्षण र सम्वद्र्धनमा खोजतलास सेवा केन्द्रले सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए। आगामी दिनहरुमा केन्द्रलार्य थप व्यवस्थित रुपले सञ्चालन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उनले बताए।

कर्णाली प्रदेशमा बालबालिकाको खोजतलासको लागि टोलफ्री नम्बर १०४ तोकिएको छ। यो नम्बरमा फोन गरेर सम्बन्धित विषयमा जानकारी गराउन सकिनेछ।

खोजतलास समन्वय केन्द्रमा नेपाल प्रहरी र नेपाल टेलिकमको सहकार्य रहेको छ। सामाजिक विकास मन्त्रालयअन्तर्गत यो केन्द्र सञ्चालन गरिनेछ।