कर्णाली टाइम्स
आइतवार, बैशाख २८, २०८२
सुर्खेत। जाजरकोटमा एक जना थुनुवा कारागारको शौचालयमा मृत अवस्थामा फेला परेका छन्।
आइतबार दिउँसो भेरी नगरपालिका–१० का २८ वर्षीय दीपक बुढा मगर कारागारको शौचालय भित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेका थिए।
उनी झुण्डिएको अवस्थामा देखेपछि कारागारका नाइके बिमल सिंहले कारागारको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक रतन नेपालीलाई खबर गरेका थिए।
मृतक बुढा बलात्कार आरोपमा गत चैत ५ गतेदेखि पुर्पक्षको लागि थुनामा थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।