सोमवार, जेष्ठ ६, २०८२

यू–१६ अन्तरविद्यालय क्रिकेट च्याम्पियनसिप : डिभी निकेतनले जितयो उपाधि

  
कर्णाली टाइम्स मंगलबार, बैशाख ३०, २०८२


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा जारी १६ वर्षमूनिको अन्तरविद्यालय क्रिकेट च्याम्पियनसिपको उपाधि डिभी निकेतनले जितेको छ। मंगलबार भएको अन्तिम चरणको खेलमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय चाँदनीचोकलाई ९ विकेटले पराजित गर्दै डिभी निकेतन च्याम्पियन बनेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको चाँदनीचोकले १३ ओभरमा सबै विकेट गुमाएर ६५ रन मात्र बनाएको थियो। चाँदनीचोकका लागि सम्राट शाहीले १६ तथा कस्तुप खड्का र कोसिश ढकालले समान १२/१२ रन बनाएका थिए।

डिभी निकेतनका विजय शाहीले ३ विकेट लिँदा गौरभ बुढा र योकेन्द्र बुढाले दुई/दुई विकेट लिएका थिए। धीरेन्द्र शाही र प्रकाश रोकायले एकेक विकेट लिए।

६६ रनको सामान्य लक्ष्य डिभी निकेटले ९.३ ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो। डिभीका विजय शाहीले ३५ रन बनाए भने गौरभ बुढाले २२ र भुपेन्द्र शाहीले ५ रन बनाए।

चाँदनीचोकका लागि एक मात्र विकेट लक्ष्मण शाहीले लिएका थिए।

१६ वर्षमूनिका जिल्लास्तरीय खेलाडी छनोटका लागि अन्तरविद्यालय क्रिकेट च्याम्पियनसिप वैशाख २३ गतेबाट आयोजना गरिएको थियो।