सुर्खेत। सुत्केरी हुन नसकेपछि कालीकोटबाट एक जना महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ। बिहिबार तिलागुफा नगरपालिका–१० की २२ वर्षीया सन्तकला रोकायालाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याईएको हो।
स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुँदा अवस्था जटिल बन्दै गएपछि उनलाई हेलिकप्टरमार्फत उद्दार गर्नुपरेको तिलागुफाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए।
रोकाया सुत्केरी हुने अनुमानित मिति जेठ १९ गते भएको र प्रसुती व्यथा सुरु हुनुअगावै जटिलता उत्पन्न भएको थियो। आकस्मिक रुपमा शल्यक्रिया गरेर बच्चा चिकाल्नुपर्ने भएकाले प्रदेश अस्पतालमा रिफर गरिएको स्वास्थ्य चौकी चिलखायाका सिनियर अहेव धनरुप शाहीले बताए ।
सुत्केरीको आर्थिक अवस्था कमजोर भएकोले सम्बन्धित नगर कार्यपालिकाको पत्रका आधारमा महिला उत्थान समन्वय एकाइको समन्वयमा हेलिकप्टरमार्फत उद्दार गरिएको हो।