शनिबार, असार १४, २०८२

असार १५ गते कर्णाली प्रदेशका ९ जिल्लामा सार्वजनिक विदा

  
कर्णाली टाइम्स बुधबार, असार ११, २०८२


सुर्खेत। कर्णाली प्रदेशमा असार १५ गत सार्वजनिक विदा दिईएको छ। कर्णाली प्रदेश सरकारले जुम्लाबाहेकका नौ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार २०८१ चैत १७ गतेको निर्णयानुसार प्रदेशका ९ वटा जिल्लाका सरकारी एवम् सार्वजनिक संघसंस्थाहरुमा विदा दिने निर्णय गरिएको हो।

उक्त दिन राष्ट्रिय धान दिवस परेकाले प्रदेशमा विदा दिने निर्णय गरिएको मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले जानकारी दिए।