शुक्रबार, असार १३, २०८२

यी हुन् कर्णालीको मन्त्रिपरिषदका चार निर्णय

  
कर्णाली टाइम्स बिहीबार, असार १२, २०८२


सुर्खेत। कर्णाली प्रदेश सरकारले बुधबार चार वटा निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको वैठकले विभिन्न चार वटा निर्णय गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा हाल सचिव रिक्त रहेकाले उक्त पदमा कायममुकायम सचिव तोक्ने निर्णय मन्त्रिपरिषद वैठकले गरेको छ।

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रुपमा एक जनालाई कामकाजका लागि खटाउने निर्णय गरिएको छ। मन्त्रालयको कायममुकायम सचिव र प्रतिष्ठानको कार्यकारी कसलाई तोक्ने भन्ने खुलाईएको भने छैन।

यस्तै सरकारको बार्षिक कार्यक्रमको खर्च शिर्षकमध्ये दुई वटा शिर्षकबाट रकम स्थानीय तहलाई निकासा दिन अख्तियारी पठाउन स्वीकृति दिने निर्ण मन्त्रिपरिषद वैठकबाट गरिएको छ।

कर्णाली प्रदेशको आमसञ्चार तथा सूचनाप्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ लाई प्रशासन तथा विधेयक समितिबाट परिमार्जनसहित प्रदेश सभामा पेश गर्न स्वीकृति दिने निर्णय गरिएको छ।