कर्णाली टाइम्स
बुधबार, असार २५, २०८२

सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिकाका एक पुरुषले भेरी नदीमा हाम फालेर बेपत्ता भएका छन्। गुर्भाकोट–१० भेडाबारीस्थित भेरी नदीमाथिको पुलबाट हाम फालेर सोही नगरपालिका वडा नम्बर ११ का ६० बर्षीय गोपाल वली बेपत्ता भएका हुन्।
बुधबार दिउँसो सवा २ बजेट ती व्यक्तिले पुलबाट हाम फालेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उनको खोजी गर्न मेहलकुनाको प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक भूपेन्द्र अधिकारीको नेतृत्वमा पाँच जना प्रहरी परिचालन गरिएको डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
