मंगलबार, कार्तिक ११, २०८२

आंशिक प्राध्यापकहरुको आन्दोलन फिर्ता

  
कर्णाली टाइम्स आइतवार, साउन ४, २०८२


सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। आइतबार आन्दोलनरत आंशिक प्राध्यापक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेको हो।

गत असार २३ गतेदेखि आन्दोलनरत आंशिक प्राध्यापक संघ र विश्वविद्यालय प्रशासनद्वारा गठित वार्ता समितिबीच सामेबार औपचारिक वार्ता भएको हो। वार्तापछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन्।

प्राध्यापकहरुको आन्दोलनका सन्दर्भमा विश्वविद्यालयले गठन गरेको समितिले प्रतिवेदन बुझाएको थियो। विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकहरुको वस्तुगत अवस्थाको अध्ययन प्रतिवेदन पूर्णरुपमा कार्यान्वन गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रमहरु फिर्ता लिईएको संघले जनाएको छ।

विश्वविद्यालयद्वारा गठित वार्ता समितिले आंशिक प्राध्यापक संघसँग भएको सहमति कार्यान्वयनका लागि विश्वविद्यालयका प्रमुख तथा पदाधिकारीहरुलाई सहमति पत्र पनि हस्तान्तरण गरेको छ।