मंगलबार, कार्तिक ११, २०८२

दुई दिदीबहिनी मृत फेला

  
कर्णाली टाइम्स बिहीबार, साउन ८, २०८२


सुर्खेत। भक्तपुरमा दुई किशोरी मृत भेटिएका छन्।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–८ बोडे सिन्टिटारस्थित एउटा घरमा डेरा गरी बस्ने दुई किशोरी बिहीबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

बिहान ६ः४५ बजे उनीहरु झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

डिएसपी न्यौपानेका अनुसार मृत फेला परेका किशोरीहरु सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का हुन् १७ बर्षीया मेनुका कँडेल र १५ बर्षीया सृजना कँडेल हुन्। यी दुई दिदीबहिनी भक्तपुरमा डेरा गरी बसेका थिए।

उनीहरु डेराको प्यासेजमा एउटै नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए।