आइतवार, कार्तिक ९, २०८२

करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

  
कर्णाली टाइम्स शुक्रबार, साउन ९, २०८२


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनीराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको करेन्ट लागेर मृत्यु भएको हो।

बिहान पौने ११ बजेतिर आफ्नै घरमा उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

आचार्य दम्पतीले घाँस काट्ने विद्युतीय मेसिनद्वारा घाँस टुक्राउने क्रममा मेसिनमा जडान गरिएको तारबाट करेन्ट लागेको हो।

घटनापछि अचेत भएका हुनीहरुलार्य उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो।

अस्पताल पुर्याएको केहीबेरमै चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका थिए।