कर्णाली टाइम्स
आइतवार, साउन ११, २०८२

सुर्खेत। सुर्खेतमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–१३ सुगरखोलाका ४२ बर्षीय दानसिंह ठाडा मगर पक्राउ परेका हुन्।
आइतबार बिहान साढे १ बजे उनले श्रीमतीको ४० बर्षीया रविना ठाडा मगरको हत्या गरेको प्रहरीले जनाएको छ।
घर बाहिर रहेका दानसिंहले राति एक्कासी घरमा आएपछि श्रीमतिलाई खाट बनाउन राखेको काठले टाउकोमा प्रहार गरी हत्या गरेका हुन्।
श्रीमानको प्रहारपछि रविनाको घटना स्थलमै मृत्यु भएको सुर्खेत प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
हाल घटनास्थलमा प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको नेतृत्वमा टोली खटाएर थप अनुसन्धान भईरहेको उनले जानकारी दिए।
