मंगलबार, कार्तिक ११, २०८२

१५ बर्ष कैद सजार र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

  
कर्णाली टाइम्स सोमवार, साउन १२, २०८२


सुर्खेत। उच्च अदालतबाट १५ बर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।

कर्णाली प्रदेश र सुर्खेत जिल्ला प्रहरीको संयुक्त टोलीले वीरेन्द्रनगर–६ का ४२ बर्षीया लक्ष्मण सापकोटालाई सोमबार बिहान पक्राउ गरेको हो।

उच्च अदालत दाङले सापकोटालाई लागुऔषध (ब्राउनसुगर) कारोबार मुद्दामा १५ बर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको थियो। २०८० असार ५ गते भएको फैसलाबाट उनलाई कैद र जरिवाना तोकिएको थियो।

फैसला भएको मितिदेखि प्रतिवादी सापकोटा फरार रहेको सुर्खेत प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।

पक्राउ परेका प्रतिवादीलाई प्रहरीले सुर्खेत उच्च अदालतमा फैसला कार्यान्वयनका लागि पठाएको डिएसपी बुढथापाले जानकारी दिए।