कर्णाली टाइम्स
बिहीबार, साउन १५, २०८२

सुर्खेत। लक्ष्मी सनराइज बैंकको श्रीनगर शाखाले विद्यालय प्राङ्गनमा वृक्षारोपण गरेको छ। सल्यानमो श्रीनगर बजारमा रहेको शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृक्षारोपण गरेको हो।
बैंकले छत्रेश्वरी गाउँपालिका–६ शंखमुलमा रहेको शारदा माध्यमिक विद्यालयको परिसरमा वृक्षारोपण गरेको हो।
विद्यालय प्राङ्गणमा एक सय वटा बिरुवा रोपेको शाखाका प्रबन्धक राजकुमार शाहले जानकारी दिए।
शाहका अनुसार वृक्षारोपणमा विद्यालयका प्रधानाध्यापक जीतबहादुर भण्डारी, विद्यालयका अरु शिक्षक तथा कर्मचारी, विद्यार्थी, बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो।
