आइतवार, कार्तिक ९, २०८२

कक्षा १२ को नतिजा सार्वजनिक

  
कर्णाली टाइम्स सोमवार, साउन १९, २०८२


सुर्खेत। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।

सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो।

सार्वजनिक भएको नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

तीमध्ये ३८.८३ प्रतिशत विद्यार्थीले ननग्रेड ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै १३ हजार ५०२ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन्। ५५ हजार ८९६ जनाले ‘ए’ ग्रेड ल्याएका छन्।

कक्षा १२ को ग्रेड वृद्धिका लागि भदौ २८ र २९ गते परीक्षा हुने बोर्डले जनाएको छ।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ।

शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा २१ गतेदेखि मात्र सुरु भएको थियो।