कर्णाली टाइम्स
शुक्रबार, असोज २४, २०८२

सुर्खेत। हुम्लामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। चंखेली गाउँपालिका–४ देशीखोला नजिक जिप दुर्घटना भएको हो।
मेल्छामबाट गाउँपालिकाको केन्द्र पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसार दुर्घटनामा चंखेली गाउँपालिका–६ की बसन्ती बुढा, उनका छोरा र सोही वडाका मानवीर बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा कैलाश सिरा, चालक बहादुर लामा, महेन्द्र रोकाया, हंस बुढा, देवाङ्स बुढा, अनुपमा रोकाया, पार्वती बुढा र विमला बुढा घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ ।.
