बुधबार, असोज १०, २०८०

ब्लग

शोकाकुल गाउँ, न्यास्रो घर

शोकाकुल गाउँ, न्यास्रो घर

   
निमायल गाउँ सुर्खेत । यही साताको बुधवार अछामबाट चार जनाको शव ल्याउने कुरा थियो । कर्णाली नदीको छेउमा रहेको कर्णाली राजमार्गको माथिल्लो भित्तामा ८ वटा बाँस ठाडो पारेर लहरै राखिएका थिए । नजिकै बसेका आफन्तहरुको आँखाका कुनाकुनामा आँशु अडिएका थिए । केही सयममै ती आँशुका थोपाहरु उनीहरुका गालामै हाम फाल्ने तरखरमा थिए । जसरी सुकी बडुवालले आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी थिईन् । अछामको मं